• होमपेज
  • मोदीमा भोलि सार्बजनिक बिदा
गण्डकी प्रदेश

मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ ।

गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो ।

विज्ञापन

स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि सोमबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको र उक्त दिन पालिका अन्तर्गतका कार्यालयहरु तथा सम्पुर्ण विद्यालयहरु बन्द रहने बताउनुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook