• होमपेज
  • पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ
पत्रपत्रिका

पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ४ कोइराला मार्गबाट सर्लाही घर भइ हाल कोइरालामार्ग बस्ने ३५ वर्षका बिरु परियार र पर्वतको जलजला ९ का २६ वर्षका विनोद पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १४ सय ८० ग्राम लागूऔषध गाँजा बरामद गरिइएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook