• होमपेज
  • मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु
गण्डकी प्रदेश

मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गरेका हुन ।

यही मंसिर २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा वडास्तरीय भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, भजन, रत्यौलीलगायतका कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक एवम् मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा कप मोदी गाउँपालिका वडा नम्बर ७ घर भई हाल राष्ट्रियसभा अध्यक्ष भएका गणेशप्रसाद तिमिल्सिनाको सम्मानमा आयोजना गरिएको हो ।

विज्ञापन

प्रतियोगिताबाट मोदी गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा खेलाडीहरु उत्पादन हुने र स्वास्थ्यको लागि खेल महत्वपूर्ण छ भन्ने सन्देश प्रवाह हुनेसमेत लामिछानेले दाबी गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा कपलाई आफु पदबाट हटेपनि निरन्तरता दिन आग्रह गरे ।

स्वास्थ्यका लागि तथा राष्ट्रको पहिचानका लागि समेत खेलकुद महत्वपूर्ण रहेको भन्दै तिमिल्सिनाले मोदी गाउँपालिकाले खेल क्षेत्रलाई समेत महत्व दिएकोमा धन्यबाद दिए । ‘सडक, पानी, बिजुली मात्रै विकास होइन, खेल क्षेत्रलाई पनि स्थानीय सरकारहरुले प्राथमिकता दिनुपर्छ’ उनले भने ।

उनले कोभिड १९ का कारण पर्वत जिल्लाका आयोजनाहरु अलपत्र परेको दाबी गरेका थिए । विकास आयोजनाहरु अघि बढिरहेको बेलामा कोभिड शुरु भएपछि त्यसले असर गरेको उनको दावी छ । उनले जिल्लामा छोटो अवधिमा एक सय किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गर्दै अरु आयोजनाहरु भने अहिले प्रभावित भएको बताए ।

देश बनाउन सवैजना मिल्नुपर्ने भन्दै आर्थिक मन्दिका कारण सुस्ताएका आयोजनाहरुले छिट्टै गति लिने विश्वास ब्यक्त गरे । कार्यक्रममा संविधान सभाका सदस्य कल्पना चापागाई, प्रदेश सभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, वडा न ६ का वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook