• होमपेज
  • जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो
Breaking News

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो

पर्वत  । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रवार जिल्लाका संचाकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरु बीच शुभकामना आदान प्रदानका साथै कार्यालयले गत ३ महिनामा गरेका कार्यहरुको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले चाडबाडको बेला बजारमा हुने कालोबजारी, कृत्रिम अभाव साथै समाजमा हुनसक्ने झैझगडा लगायत क्रियाकलाप रोक्न जिल्ला स्थित सबै सुरक्षा निकायहरुको समन्वयमा एकिकृत सुरक्षा योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो । चाडबाडहरुले समाजमा एकता र भाईचारा अभिबृद्धी गर्ने भएपनि कहिलेकाँही जानअन्जान हुनसक्ने घटना रोक्न सबै पक्षको पहल आवश्यक रहेको बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुसालले चाडबाडको बेला हुनसक्ने घटनाहरु र ट्राफिक समस्यालाई समाधान गर्न आवश्यक सबै तयारी गरि प्रहरीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पत्रकार गणेश पौडेल, लक्ष्मण सापकोटा, उत्तम अधिकारी, महेन्द्र जिसी, ठाकुर रसाईली, दिपेश वि.क. लक्ष्मण सुनार लगायतले जिल्लाका विभिन्न क्षेत्रमा भएका समस्याहरुबारे जानकारी गरएका थिए ।

यस्तै जिल्ला प्रशासन कार्यालय पर्वतले प्रदान गर्ने सेवाका साथै जिल्ला भित्रका सरकारी तथा अर्ध सरकारी कार्यालयबाट प्रदान हुने सेवा र विकास निर्माण वा सुशासनका सन्दर्भमा उजुरी गर्नु परे विद्युतिय उजुरी गर्न मिल्ने गुनासो पेटिका निर्माण गरेको छ। कार्यालयले शुक्रबारबाट सो सेवा शुरु गरेको र क्यूआरमार्फत पनि उजुरी गर्न सकिने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

कार्यसम्पादन सम्झौतामा पर्वत नवौं स्थानमा

नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता अनुसार पर्वत जिल्ला देशभर नवौं स्थानमा र गण्डकीमा दोस्रोमा पर्न सफल भएको छ । कार्यालयले देशभरमा ९४ दशमलब ८१ अंक सहित नवौं स्थान र गण्डकी प्रदेशमा दोस्रो भएको हो । सिपास अन्तर्गत शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल हुनुका साथै जिल्ला प्रसाशन कार्यालयमार्फत जिल्लामा हुने सबै कार्यहरुको आधारमा बर्गिकरण गरि प्रत्येक वर्ष गृहमन्त्रालयबाट कार्यसम्पादनमा उत्कृष्ट जिल्लाहरु छनोट गर्ने गरिन्छ ।

बोत्तलमा पेट्रोल बेच्नेलाई १ लाख र अभद्र व्यहार गर्नेलाई २० हजार जरिवाना

पर्वतका विभिन्न ठाउँमा पेट्रोल पम्पबाट ड्रम, जर्किन लगायतमा पेट्रोल लगि बोतलमा बिक्रि गर्ने गरेका दुई पसललाई कारवाही गरिएचको छ । विभिन्न ७ पसलमा बोतलमा पेट्रोल बेचेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन ठूलो परिमाणमा पेट्रोल र पेट्रोल बेच्न प्रयोग गरिने सामान भेटिएपछि जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको हो ।

पर्वतको कुश्मामा रहेको रेग्मी किराना पसल र पातीचौरमा रहेको देउराली होटलमा ड्रम जर्किन लगायतका भाँडाहरुमा लगी बोतमा बेचेको पाइएको र दुबै पसललाई ५० हजारका दरले जरिवाना लिइएको जिल्ला प्रशासन कार्यालय पर्वतका अनुगमन अधिकृत गणेश पौडेलले बताउनुभयो ।

यस्तै अनुगमनका क्रममा अवरोध गर्ने एक व्यावसायिलाई २० हजार रुपीयाँ जरिवाना लिइएको पौडेलले जानकारी दिनुभयो । डिमुवास्थित व्यावसायि ठक्कर प्रसाद शर्माले अनुगनका क्रममा अनुगमन टोलीमाथि अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिएर २० हजार जरिवाना गरिएको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook