• होमपेज
  • ठूलीपोखरीमा शुभकामना आदानप्रदान
कुश्मा नगरपालिका

ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी गर्दै संस्कृतिको रक्षा गर्ने भएकाले सबै धर्म, संस्कृति र रितिरिवाजको सम्मान गर्न समेत आग्रह गर्नुभयो ।

विज्ञापन

कार्यक्रममा नेकपा एकिृत समाजवादीका जिल्ला उपसचिब गणेश पौडेल, नेकपा एमालेका उपसचिब युगनाथ पौडेल, कुश्मा नगरपालिका कार्यपालिका सदस्य रिता वि.क., वडा सदस्य अन्जना सुबेदी, स्थानीय गंगा रिमाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

यस्तै सोही अवसरमा वडा भित्रका २५ जना विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा गरि सम्बन्धित परिवारलाई विमा कार्ड हस्तान्तरण गरिएको थियो ।

यसैगरि वडा कार्यालयको संयोजनमा वडा भित्रका सबै जेष्ठ नागरिक, दलित साथै अपाङ्गता भएका व्यक्तिहरुलाई वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । कुश्मा स्थित गरिमा विकास बैंकसँगको सहकार्यमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कुश्मासम्म जाने झण्झट, समय र गाडी भाडा समेत बचत भएको लावग्राहीहरुको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook