• होमपेज
  • पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न
प्रवास

पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न

पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न भएको छ । बैठकलाई अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसि, उपाध्यक्ष संगिता कार्की, महासचिव मनि भुर्तेल र पर्वत समाज दक्षिण कोरियाका सल्लाहकार डा. ईन्दिरा तिवारी लगायतले सम्बोधन गर्नुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले प्रदेशमा रहेर पनि सुखदुःख साट्न र अफ्ट्यारोमा मलम लगाउन समाजको भुमिका अतुलनीय रहने स्पष्ट पार्दै दक्षिण कोरिया पर्वत समाजले पनि यस्ता सेवामूलक कार्य गर्ने कुरामा बिश्वस्त रहेको बताउनु भयो ।

विज्ञापन

त्यस्तै महासचिव भुर्तेलले प्रदेशमा रहेर आफ्ना समस्या र अभाव पुरा गर्दै  केही रकम बचाएर समाजसेवा साथै समस्यामा परेकालाई सहयोग गर्न यो संगठित समाजले प्रेरित गर्ने भन्दै आगमी दिनमा जस्तोसुकै परिस्थितिमा पनि अन्तरास्ट्रिय पर्वत समाजले पर्वत समाज दक्षिण कोरियासंग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैगरी पर्वत समाजका अध्यक्ष नबिन पराजुलीले अहिलेको कमिटी सकभर सबैलाई समेटेर अगाडी बढ्ने उद्देश्यका साथ हातेमालो गरिरहेको बताउदै कोरियामा विभिन्न पेशामा आबद्ध रहेका आम पर्वतबासीहरुलाई साधरण सदस्यता लिई संगठनमा आवद्द हुन आव्हान गर्नुभएको छ।

बैठकमा समाजका वरिष्ठ उपाध्यक्ष दिपक केसीले निवर्तमान समितिलाई धन्यवाद ज्ञापन, समाजका उपाध्यक्ष कमला केसीले स्वागत र कोषाध्यक्ष आशिष गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

समाजका अध्यक्ष नवीन पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन समाजका सचिब जीवन पौडेलले गर्नुभएको थियो । साथै बैठकले आगामी कार्ययोजना समेत तयार गरेको उपाध्यक्ष कमला केसीले जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook