• होमपेज
  • पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मिलन थापा
प्रवास

पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मिलन थापा

अमेरिका/ पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, दोस्रो उपाध्यक्षमा ईश्वर श्रेष्ठ, महासचिवमा आनन्द शर्मा, सचिवमा सुरज लामिछाने र धनबहादुर खत्री तथा कोषाध्यक्षमा सञ्जय मल्ल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अर्जुन क्षेत्री, गीता सुवेदी, रुपेश गिरी, मौलिक लामिछाने, किशोर श्रेष्ठ, देवेन्द्र पौडेल, स्मृति बानियाँ, मनु गिरी, मुकुन्द पौडेल र सूर्य पौडेल रहनुभएको छ।

विज्ञापन

नवनिर्वाचित नेतृत्वले आपसी एकता, सहकार्य र सेवाभावका साथ संस्थालाई अझ सशक्त बनाउँदै पर्वतको सामाजिक विकास तथा कल्याणकारी कार्यमा थप प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग

यसैबिच, नयाँ समितिले पदभार ग्रहणसँगै नेपालमा भोटेकोशी बाढी तथा विनाशकारी पहिरोपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग जुटाउने निर्णय गरेको छ। राष्ट्रिय विपत्तिको यो कठिन घडीमा पीडितहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउन उक्त रकम हस्तान्तरण गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

मातृभूमिमा आइपरेको ठूलो संकटलाई मध्यनजर गर्दै समाजले सेप्टेम्बर ५ का लागि तय गरेको तीज विशेष सांस्कृतिक कार्यक्रमु रद्द गरेको छ। विपत्तिको समयमा उत्सव मनाउनु उपयुक्त नहुने भएकाले कार्यक्रम रोकेर सम्पूर्ण ध्यान र संसाधन मानवीय सहयोगमा केन्द्रित गरिएको अध्यक्ष थापाले बताउनुभयो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै