• होमपेज
  • बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग
कुश्मा नगरपालिका

बेल्जियममा रहेका प्रवासीले मोदिबेणीका बृद्द्बृद्दालाई खाद्यान्न र न्यानो कपडा सहयोग

पर्बतको जलजला गाउपालिका ८ नाग्लिबाङ घर भइ बेल्जियममा बस्दै आएका परिवारले मोदीबेणी स्थित बृद्दाश्रममा बस्ने असाहयलाई खाद्यान्न र जाडोको कपडा प्रदान गरेका छन् । नाग्लिवाङ निवासी केशर बहादुर रोकाहाका छोरा महेन्द्र रोकाहा हाल (बेल्जियम ) निवासी सहित बुहारी टीका कुमारी रोकाहा, नाति निशान रोकाहा, नातिनी बुहारी मिली खत्री रोकाहा र छोरी निलम रोकाहाबाट सहयोग हस्तान्तरण गरिएको हो ।

रोकाहा परिवारले पर्बत जिल्ला कुस्मा नगरपालिका ५ मा रहेको धार्मिक स्थल मोदिबेणी धाममा रहेका १३ जना वृद्धहरुलाई रु १ लाख बराबरको नगद सहित खाध्यन्न सहयोग गर्नु भएको हो । प्रत्येक जनालाई १ बोरा चामल ५ केजि दाल ५ पोका तेल ५ केजी चिनी १ केजी चिया जाडोका लागि ओड्ने फाइबर सिरक कपडा धुने नुहाउने साबुन सहित जनही १ हजार नगद र मन्दिर ब्याबस्थापन का लागि २ हजार सहयोग गर्नुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook