• होमपेज
  • मतदाताका गुनासा सुन्न गाउँ छिरे सांसद गिरी
गण्डकी प्रदेश

मतदाताका गुनासा सुन्न गाउँ छिरे सांसद गिरी

पर्वत/जनतासँग गरेका प्रतिवद्द्ता पूरा गराउन र उनीहरूका गुनासा सुन्न प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको बेलामा आफूले प्रतिबद्धता गरेका वाचा स्थानीयलाई सम्झाईरहेका छन् ।

बुधवार मोदीको भुकबाट यात्राको प्रारम्भ गरेका गिरी एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन् । छोटो कार्यकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका गिरीले गाउँ वस्तीमा जनताले भोगीरहेका समस्याहरु राष्ट्रिय राजनीतिमा उजागर गर्ने प्रतिबद्धता ब्यक्त गरीरहेका छन् ।

विज्ञापन

दोस्रो कार्यकालका लागि प्रतिनिधि सभामा निर्वाचत जितेका गिरीले पहिलो कार्यकालमा जिल्ला भरी साइकलमा हिडन मिल्ने सडक बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । गिरीले प्रतिबद्धता गरेका बाचा जिल्लाबासीले भने वस्ती डुल्ने अभियानमा स्मरण गराएका छन् । जिल्लामा विगत ६ बर्षको अवधिमा १ सय २५ ग्रामीण सडक कालोपत्रे भएको छ । यत्तिले मात्र सवै वस्तीमा कालोपत्रे सडक अझै पुगेको छैन । सांसद गिरीले देशको आर्थिक अवस्था विग्रदै गएका कारण तोकिएका अवधिमा आफना प्रतिबद्धताहरु पुरा नभएको बताए । उनले केहि बर्षमै सवै मुख्य सडकहरु कालोपत्रे हुने विश्वास दिलाए ।

बुधवार मोदीको भुकमा वडा कार्यालय भवनको शिल्यान्यास गरेका गिरी मोदी २ देउपुरका स्थानीयसग अन्तक्रियामा सहभागी भए । सुन्तला उत्पादनमा प्रसिद्ध देउपुरका वस्तीहरुको गुनासो सुनेपछि गिरी मोदी ३ देउरालीका माझगाउँ, जहले, घुरुङशेरा, घुरुङगा, लाङदीका वस्तीहरुमा पुगे । देउरालीका जनताले गिरीसंग सडक सञ्जालको स्तरोउन्नतीको माग राखे । रित्तिदै गएका वस्तीहरुमा विद्यालयहरुमा विद्यार्थी छैनन् । गाउँमा बादरको आतंक छ । अल्लोबाट उत्पादन भएका सामाग्रीहरुले बजार पाएका छैनन । स्थानीयले यस्तै यस्तै गुनासा राखे ।

विहिबार मोदी ५ बाजुङ र मोदी ४ क्याङको हलहलेका वस्तीहरुमा पुगेका गिरीसंग सडक स्तरोउन्नती नहुँदाको सास्ती स्थानीयले तेर्साए । गिरीले केहि बर्ष अझै कुर्न आग्रह गर्दै सवै मुख्य सडकहरुमा साइकल कुदाउने योजना अझै जीवित रहेको उल्लेख गरे । सांसद गिरी शुक्रबार देखि फलेवास, महाशिला र पैयूका वस्तीहरुमा जाने गरी योजनामा छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook