• होमपेज
  • पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु
कुश्मा नगरपालिका

पर्वतमा भएको स्कुटर दुर्घटनामा एक युवाको मृत्यु

पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।

विज्ञापन

जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारीअनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्‍याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।

स्कुटरमा अझै अर्को व्यक्तिपनि सवार भएको आशंका गरिएपनि हालसम्म पत्ता लाग्न नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

स्कुटरमा उपलब्ध लाइसेन्समा रहेको सम्पर्क नम्बरमा कुरा गर्दा खसी खोज्नका लागि कुश्मातर्फ गएको भन्ने बुझिएको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सिसिक्यामराको सहायता लिएर खोजि गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook