• होमपेज
  • गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा
गण्डकी प्रदेश

गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा

कमला केसी । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले भोलि आईतवार गर्न लागेको अन्तरकृया एवं सम्मान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक संस्थाका अध्यक्ष प्रवीण गिरिका अनुसार सबै तयारी पूरा भएको बताउनुभयो ।

गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउनका लागी सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

विज्ञापन

संस्थालाई आर्थिक रुपमा अझै सक्षम बनाउने, आगामी दिनमा अति आवस्यक स्वस्थ्य परामर्श, खेलकुदमा बिकास, लगायत अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण गण्डकी प्रदेश समाजहरुसंग सम्बन्ध बिस्तार गर्दै प्रदेश बिकासमा टेवा पुर्याउने खालका कार्यक्रमहरु ल्याउने उदेश्य सहित सल्लाह सुझावको अपेक्षा राख्दै अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको गिरिले जानकारी दिनुभयो ।

कार्यक्रममा दक्षिण कोरियामा भर्खरै सम्पन्न एनआरएनए निर्वाचनबाट बिजय हासिल गर्नुभएका गण्डकी प्रदेशका पदाधिकारीहरुको सम्मान समेत गर्न लागिएको छ । आयोजित उक्त अन्तरकृया तथा सम्मान कार्यक्रममा समयमा नै उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन कोरियास्थित सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरु र शुभचिन्तक महानुभावहरुमा आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम समय : ठिक ११ बजे
स्थान : नेपाली थाई रेस्टुरेन्ट दोङ्देमुन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook