• होमपेज
  • गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न
देश/प्रदेश

गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

स्वास्थ परामर्श एबं उपचारका लागी पोखरा स्थित दुई अस्पतालसंग सम्झौता गरेको घोषणा

कमला केसी, दक्षिण कोरिया ।
गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आइतबार अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष प्रबिण गिरिको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय अध्यक्ष विनोद कुँवर, विशेष अतिथिहरुमा NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रदेशको आफ्नो मातहतमा रहेका जिल्लाका अध्यक्षहरु, विभिन्न क्षेत्रीय, जातीय, राजनैतिक र शैक्षिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरु अतिथिको रुपमा उपस्थित थिए । अतिथिहरुले शुभकामना मतव्यका क्रममा राय, सुझाव र सल्लाह दिनुभएको थियो ।

विज्ञापन

कार्यक्रममा गण्डकी प्रदेश समाज दक्षिण कोरियामा भर्खरै सप्पन्न एनआरएनएको निर्वाचनबाट बिजय हासिल गर्नुभएका पदाधिकारीहरुको सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका सदस्य सृजना तिवारीले कास्की जिल्लाको पोखरामा रहेको मेडिप्लस अस्पताल र ओम अस्पतालसँग सहकार्य गर्दै गण्डकी प्रदेश समाजले अबको केही हप्तामै अनलाईन मार्फत् नि:शुल्क स्वास्थ्य परामर्श सेवा एबं गण्डकी प्रदेशको सदस्यता प्राप्त गरेका सदस्य र परिवारमा समेत उल्लेखित अस्पतालहरुबाट उपचारको विभिन्न शिर्षकमा छुट र सहुलियत दिइने गरी दुई अस्पतालसंग सम्झौता गरिएको सम्झौता पत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथहरुबाट महत्वपूर्ण राय, सुझाव र सल्लाह प्राप्त भएको भन्दै सोही बमोजिम आगामी दिनमा समाजको कार्यदिशा अगाडि बढाउन समाज प्रतिबद्ध रहेको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले धन्यवाद मन्तव्य मार्फत जानकारी गराउनु भएको थियो

सोहि कार्यक्रममा गण्डकी प्रदेश भित्र रहेको स्याङ्जा परिवारले आगामी छुसक सेप्टेम्बर २९ मा आयोजना गरिने आँधीखोला सांगीतिक सौगात -६ को बारेमा पोष्टर प्रचार प्रसार समेत गरिएको थियो ।
कार्यक्रममा महिला उपाध्यक्ष प्रगती पन्थ पौडेलले स्वागत मन्तव्य,उपाध्यक्ष देवी गौतमले संस्थागत प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव विदुर शर्माले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook