• होमपेज
  • प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई……
साहित्य

प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई……

कमला केसी ।

प्रेमका शब्द उपहार प्रेम दिवसमा तिमिलाई……

विज्ञापन

सजिलो होस या अफ्ट्यारो
सुखका हुन या दुःखका
उकालीओराली र गल्ली गोरेटोहरुमा
जहाँ जहाँ खोज्छु म
तिमिलाई पाउछु त्यहाँ ।

प्रेमका कथाहरुमा सुनेको भन्दा नि
फिल्मका कहानीहरुमा हेरेको भन्दा नि
नाप्नै नमिल्ने आकश अनि समुन्द्रको गहिराई भन्दा नि निश्चल अनि पबित्र लाग्छ तिम्रो माया ।

देखेको होईन लेखेको हुनुपर्छ रे भन्छन्
तिमी त मेरो नजर अनि भाग्य सबैतिर पर्यौ,
सायद यो धर्तीमा तिमी मेरै लागि झर्यौ ।

तिमिलाई भेटे देखि
न प्रेमको रंग देखे न भेद
मान्छेले छुटाएको जातभातको त के नै कुरा भयो र ?
भाग्यको नै बद्लिदिएपछी खेल ।

ओहो बिश्वास, भरोसा, साथ, म उचाईमा पुगेको हेर्न चाहाने तिम्रा नजर,
खोलाका किनार धर्ती आकाश यिनिहरु कहिल्यै मिल्न नसक्ने भएपनि
हाम्रो प्रेम हेरीकन हुन्छन होला अजर अनि अमर ।

मोदी ६ तिलाहार डिमुवा
हाल: दक्षिण कोरिया
स्नातकोत्तर विद्यार्थी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook