• होमपेज
  • संस्कार : हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?
विचित्र संसार

संस्कार : हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?

हिन्दू धर्ममा वेद, पुराण र ग्रन्थहरूको महत्त्व बताइएको छ । यी ग्रन्थहरूले हामीलाई सही मार्गप्रदर्शन गर्छन् । यी शास्त्रहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।

सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।

विज्ञापन

बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सूर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ ।

यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ ।

सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्त्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ । यसले जीवनलाई सुख र शान्ति दिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook