• होमपेज
  • अध्ययन भन्छ : मान्छेको दिमागमा एकै दिनमा आउँछन् ६ हजार विचार
विचित्र संसार

अध्ययन भन्छ : मान्छेको दिमागमा एकै दिनमा आउँछन् ६ हजार विचार

कोहीकोही मानिसलाई कति अस्थिर हुन् ? भनेर आरोप लाग्दछ । तर मान्छे अस्थिर नहोस् पनि किन ? आखिर मान्छेको दिमागमा मात्र एक दिनमा ६ हजारभन्दा धेरैवटा विचार आउँदो रहेछन् ।

वैज्ञानिकहरुका अनुसार मानिसको मस्तिष्क एउटा निकै जटिल मेसिन हो । मस्तिष्कका तथ्यहरु थाहा पाउँदा जो कोही मानिसलाई निकै अनौठो लाग्दछ । शोधकर्ताहरुका अनुसार एकजना व्यक्तिको दिमागमा हरेक दिन औषतमा ६ हजारभन्दा धेरै विचारहरु आउँदछन् ।

विज्ञापन

शोधकर्ताहरुले यस सम्बन्धी अध्ययन गर्नका लागि एउटा यस्तो तरिका विकसित गरे जसले मस्तिष्कमा विचार आउने र त्यसको अन्त्य हुने कुराको संकेत दिन्थ्यो ।

मानव मस्तिष्कमा आउने विचारहरुको मापन गर्ने उक्त विधिको नाम थट वार्म हो । शोधकर्ताहरुका अनुसार कुनै पनि व्यक्तिको विचारहरुको मापन गरी उसको व्यक्तित्वको बारेमा सजिलैसँग थाहा पाउन सकिन्छ ।

शोधकर्ता टिमका सदस्य पोपपेन्कका अनुसार जब मानिसहरु फिल्म हेर्दछन् त्यसबेला थट वाम विल्कुलै नयाँ घटनाको रुपमा दिमागमा पैदा हुन्छ । विचारमा परिवर्तन आउने बित्तिकै एक नयाँ थट वार्म मस्तिष्कमा पैदा हुन थाल्दछ ।

अध्ययनका क्रममा पोप पेन्क र उनको टोलीले एक व्यक्तिको दिमागमा दैनिकरुपमा औसतमा ६ हजार २ सय विचार आउने तथ्य पत्ता लगाए । त्यस क्रममा उनीहरुले १८४ जना व्यक्तिलाई फिल्म देखाएर उनीहरुको दिमागमा आउने विचारहरुको मापन गरेका थिए ।

फिल्म देखाउने क्रममा सहभागीहरुलाई ३ वा चारवटा भिडियो क्लिप देखाएसँगै २० सेकेण्ड आराम दिइएको थियो । आराम गरेसँगै पुनः ८४ सेकेण्डको एक क्लिप देखाइन्थ्यो ।

फिल्म हेर्ने क्रममा शोधकर्ताहरुले सहभागीहरुको एमआरआई गरे र मस्तिष्कको रक्तप्रवाहको मापन गरी मस्तिष्कको गतिविधिको निगरानी गरे । यद्यपि उक्त नयाँ प्रविधिबाट मानिसहरुले के सोचिरहेका छन् भन्ने नभई कहिले र कतिपटक सोचिरहेका छन् भन्ने कुरा मात्रै पत्ता लगाउन सकिने शोधकर्ताहरुको भनाइ छ ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook