• होमपेज
  • ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट !
विचित्र संसार

ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट !

काठमाडौं । तपाईंलाई विश्वास नलाग्ला तर एउटा घुस काण्डको बारेमा पर्दाफास हुँदा घुस रकमबाट ट्वाइलेट समेत सुनको बनेको तथ्य फेला परेको छ । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् ।

तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तान्यो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो ।

विज्ञापन

द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने बताइएको छ ।

छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।

उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । उक्त घोटालामा स्टाभरोपोल ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल छन् ।

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook