• होमपेज
  • खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव
Breaking News

खनाल र गौतमसहितको अध्यक्षमण्डल बनाउन सकिने नेपालको प्रस्ताव

समान हैसियतको अध्यक्ष बन्न नेपाललाई दबाब

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खानल–माधवकुमार नेपाल समूहका नेताहरुले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । नेता नेपाललाई समान हैसियतसहितको अध्यक्ष बन्नका लागि उनीपक्षीय नेताहरुले दबाब पनि दिइरहेका छन् । समान हस्ताक्षर चल्ने गरी अध्यक्ष बन्नुपर्ने नेपालनिकट नेताहरुको भनाइ छ ।

तर, नेता नेपालले भने आफूलाई अध्यक्ष पद नचाहिएको प्रष्ट पारेका छन् । मंगलबार आफूपक्षीय जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा उनले आफू पदको लोभी नभएको बताएका हुन् ।

विज्ञापन

उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता खनालसहितको अध्यक्षमण्डल बनाउन सकिने विकल्प अघि सारेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

“म लोकतन्त्र, गणतन्त्र, संसद् बचाउन लडेको हो । म पदका लागि लडेको होइन । पद मेरा लागि गौण कुरा हो,” नेता नेपालले भनेका थिए, “मलाई पदको लोभ छैन । म अध्यक्षका लागि लडेको होइन । अध्यक्षमण्डल पनि बनाउन सकिन्छ । त्यसमा केपी ओलीसहित झलनाथजी, वामदेवजी जान सक्नुहुन्छ ।”

जनसंगठनको खबरदारी – नेपालबिनाको एमाले स्वीकार्य छैन

नेता नेपालसँगको छलफलपछि जनवर्गीय संगठनका नेताहरुले आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । छलफलमा नेताहरुले नेपालबिनाको एकता स्वीकार्य नहुने भन्दै खबरदारी गरेका हुन् ।

“माधव नेपालबिनाको एकता एमालेको एकता होइन, त्यो केपी ओली गुटको एकता हो,” जनसंगठनका नेताहरुले बैठकमा भनेका थिए ।

छलफलमा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, “माधव नेपालबिनाको एकता गर्न खोजेको हो भने त्यो हामीलाई स्वीकार्य छैन ।”

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले नेता नेपालबिनाको एकता हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । ओलीनिकट एक नेताले नेपालबाहेक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा तटस्थ रहेका नेताहरुसहितको एकता हुने जिकिर गरेका छन् ।

“अब माधव नेपालसँग एकताको कुरा हुँदैन । उहाँ धेरै पर पुगिसक्नुभएको छ । अब प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने नेताहरुसहितको एकता हुन्छ,” ती नेताले बाह्रखरीसँग भने ।

जनसंगठनको छलफलमा विघटित कार्यदलका सदस्यहरुले नेपाल समान हैसियतको अध्यक्ष बनेर जाने बताएका थिए । उनीहरुले नेपालबिनाको एमाले एकता सम्भव नहुने पनि बताए ।

छलफलमा दुईपटक संसद् विघटन गरेका ओलीले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने विषय पनि उठेको ती नेताले जानकारी दिए ।

“पार्टी विधि–पद्धतिबाट चलेको छैन । ओलीले लोकतन्त्र, गणतन्त्र, संसद्मा वितन्डा मच्चाउनुभयो । पटक–पटक संसद् विघटन गर्नुभयो । त्यसमा आम रुपमा आत्माआलोचित हुनुपर्छ भन्ने कुरा उठेको छ,” ती नेताले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook