• होमपेज
  • टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज
खेलकुद

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज

काठमाडौं । टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज गौरिका सिंहले प्रतिष्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछिन् ।

गौरिकाको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  प्रतिष्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा चार खेलाडी छन् ।

विज्ञापन

गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । यस स्पर्धामा गौरिकाको नाममा १ मिनेट ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ ।

यसअघि, मंगलबार नेपाली पौडी खेलाडी एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएका थिए । आजको खेलमा गौरिकाले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिइएको छ । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले चारवटा स्वर्णपदक जितेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook