• होमपेज
  • यी महिला पाइलट, जसले गरिन् १० हजार जनासँग सेक्स !
विचित्र संसार

यी महिला पाइलट, जसले गरिन् १० हजार जनासँग सेक्स !

हाम्रो समाजमा ‘एक नारी ब्रम्हचारी’ भन्ने मान्यता छ । तर पछिल्लो समयमा कतिपयले बहुपुरुष या महिलासँग यौन सम्बन्ध राखेका खुलासाहरू गर्न थालिसकेका छन् । यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् ।

अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् । ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् ।

विज्ञापन

यौनकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।

Gwyneth Montenegro writes about the 10,000 men she slept with | Drum

सो किताबमा उनले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको उल्लेख गर्दै एक सफल यौनकर्मी बन्ने टिप्ससमेत उल्लेख गरेकी छन् ।

आफूमाथि सामूहिक बलात्कार भएपछि उनले यौन पेसा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतारचढावका बारे उल्लेख गरेकी छिन् ।

उनले यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेसामै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook