• होमपेज
  • माओवादी केन्द्रले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम, को-को बन्दै छन् मन्त्री?
Breaking News

माओवादी केन्द्रले टुंगो लगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम, को-को बन्दै छन् मन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रीहरुको टुंगो लगाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

सो बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेशजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको साहले बताए। त्यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ।

विज्ञापन

शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन्। शर्मा अर्थमन्त्री हुन् भने भुसाल उर्जामन्त्री हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook