• होमपेज
  • एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन
गण्डकी प्रदेश

एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन

लक्ष्मण बिसि,पर्वत । अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा पर्वतको कुश्मामा आज बिरोध प्रदर्शन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो ।

बिरोध सभामा बोल्ने वक्ताहरुले एमसिसी नेपालको हितमा नभएको भन्दै कुनै हालतमा नेपालले एमसिसी स्वीकार गर्न नहुने बताएका थिए । अमेरिकी सहयोग लोभमा नेपालको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रियता नै खतरामा पार्ने गरि एमसिसी सम्झौता नगर्न सरकारलाई खबरदारी गरेका थिए ।

विज्ञापन

कार्यक्रममा एकीकृत समाजवादी निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदी, युवा संघ नेपाल पर्वतका अध्यक्ष बिराज हमाल,अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनाम लगायतले कोणसभाको सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमसिसी विरुद्ध विभिन्न नारा लगाउदै कुश्मा बजार परिक्रमा गरि शिवालय चोकमा पुगेर कोणसभा गरि कार्यक्रम सम्पन्न भएको थियो ।

बिरोधमा सहभागिले नो एमसिसी,गो व्यक एमसिसी, विदेशी हस्तक्षेप मुर्दाबाद, एमसिसि खारेज गर, एमसिसिको बिरोध गरौं, बिदेशी दलाल होसियार, एमसिसी चाइदैन,देश बेच्न पाइदैन,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं भन्दै नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

युवा संघ नेपाल पर्वतका अध्यक्ष बिराज हमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन नेपाल पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले गर्नुभएको थियोे ।

अमेरिकाले नेपाललाई दिन लागेको ५५ अर्बको अनुदान सहयोग संसदबाट पारित गरि लागु गर्नुपर्ने र उक्त परियोजना सम्झौतामा रहेका बुँदाहरु बाझिएमा नेपालको कानुन निष्कृय रहने भनेपछि देशभर यसको बिरोध भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook