• होमपेज
  • दयाहाङ पनि म्युजिक भिडियोमा आकर्षित
मनोरञ्जन

दयाहाङ पनि म्युजिक भिडियोमा आकर्षित

कोरोनाका कारण दयाहाङ राईकाे स्टार चलचित्र ‘२ नम्बरी’को छायांकन रोकियो । अहिले नै उक्त चलचित्रको छायांकन सुरु हुने अवस्था देखिँदैन ।

सधैँजसो ब्यस्त रहने अभिनेता राई पनि यो समय फुर्सदिला बने । लामो समय उनी घरमा थुनिए ।

विज्ञापन

अब भने म्युजिक भिडियोको काम सुरु हुन थालिसकेको छ । चलचित्रका कलाकारहरू पनि भिडियोमा काम गर्न थालेका छन् । चलचित्रको काम नभएका कारण उनीहरू भिडियोमा काम गर्न बाध्य भएका छन् ।

यस्तैमा, अभिनेता राई पनि भिडियोमा देखिन थालेका छन् । खासै म्युजिक भिडियोमा नदेखिने उनी अहिले भने धमाधम म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको २ म्युजिक भिडियोमा राईले काम गरिसकेका छन् । पहिलो भिडियोमा निराञ्जली लामासँग काम गरेका उनले दोस्रो गीतमा आँचलसँग काम गरेका छन् ।

निरन्तर भिडियोमा काम गरिरहेकाले पनि राई अहिले भिडियोमा आकर्षित भएको प्रष्ट पार्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook