• होमपेज
  • हलिउडको सपना बुन्दै लोक गायक कृष्ण देवकोटाका छोरा आकाश देवकोटा
भिडियो

हलिउडको सपना बुन्दै लोक गायक कृष्ण देवकोटाका छोरा आकाश देवकोटा

बैकुण्ठ गिरी, क्यालिफोर्निया, अमेरिका । हुनत नेपाली युवाहरु लागि अमेरिका जस्तो देश नै सपनाको दश हो, त्यसमाथी यहा आएर बुन्ने सपना सानोतिनो पक्कै हुदैन । त्यहि लिष्टमा अहिले चलिरहेको नाम हो आकाश देवकोटा ।
अमेरिकाको लस एन्जलसका उनै यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा शुरु भएको हो ।

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक तथा गायक कृष्ण देवकोटाका छोरा भएको कारण पनि उनको चर्चा फरक रुपमा भैरहेको छ । कास्की चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका देवकोटाले अमेरिकी चर्चित गायक क्रिस ब्राउनको गीत फरबिडव(forbidden)मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन्।

विज्ञापन

गीतको ओरिजिनल भिडियोमा लाखौ भ्युज छ ।  रिदम एण्ड ब्लुस जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको उनले बताए । भबिष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडेल भएर खेलेको पनि उनले बताए ।   यो गीतमा आकाशले मोडलका रुपमा मात्र काम गरेका छैनन, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् ।

कलेजकै आफ्ना साथी अमेरिकी युवा रायन वेक्सलर(Ryan Wexler)ले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल(Jack Neal) र मारियो एन्ड्रे(Mario Andera)ले भिडियोको सह निर्देशन गरेका हुन् ।

लस एन्जलसको चाईना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउछन् । उनी भन्छन, “तीनदिनको मेहेनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुशी छु ।”   आकाशले र्यापर ब्याड बन्नी Bad Bonny र अर्का गायक Snoop Dog को भिडियोमा पनि काम गरिसकेका छन्।

यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरुमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरुमा मोडेलको रुपमा काम गर्दै पनि आईरहेका छन् । २२ बर्षका आकाश बलिउडको सपना देखि रहेका छन्, उनको शरिर पनि निकै फिट छ, कलाकारिता क्षेत्रमा केहि गरेर देशको नाम राख्ने चाहाना उनको मन भित्र रहेका पनि उनी बताउछन् ।

१६ बर्षको उमेरमा परिवारसंगै अमेरिका आएका आकाश अहिले यहां कम्प्युटर साईन्स पढ्छन् । आकाशले सानैदेखि संगीतमा रुची राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देबकोटा बताउंछन् ।

आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहिं जम्ने रहेको छ । हलिउडको माहौल र उनको मेहनतबीच राम्रो तालमेल मिलोस ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook