• होमपेज
  • पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)
कुश्मा नगरपालिका

पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)

पर्वत/प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु पर्वतको आयोजनामा कुस्मा बजारमा प्रदर्शन तथा पुत्ला जलाइएको हो ।

विज्ञापन

सोही अवसरमा आयोजित कोण सभामा बोल्दै अनेरास्वबियू पर्वतका संयोजक तेज प्रसाद चापागाईले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेको आरोप लगाए । उनले प्रधानमन्त्रीले जनमतको अपमान गरेको र राष्ट्रपती विद्यादेबी भण्डारी केपी ओलीको रबर छाप बनेको आरोप लगाए ।

सभामा अनेरास्ववियुको केन्द्रिय सदस्य तथा पर्वत इन्चार्ज बिजय प्रकाश तिमिल्सीनाले ओलीको कदम शाही र मण्डले भन्दा पनि निकृष्ट भएको बताउँदै लोकतान्त्रिक व्यवस्थाको बिरुद्धमा भएको कदम संच्याउन अनेरास्वबियूले निरन्तर आन्दोलन गर्ने बताए । कार्यक्रममा अनेरास्वबियू पर्वतका सचिवालय सदस्य लकास सुबेदीले जनमतको घोर अपमान भएकाले ओलीको प्रतिगमतका बिरुद्ध आम जनसमुदायहरु सडकमा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सयौंको संख्यामा अनेरास्वबियूका कार्यकर्ताहरु, नेकपाका जिल्ला नेताहरु, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पुत्ला जलाएपछि केही समय प्रदर्शन गर्दै कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, केपी ओली मूर्दाबाद जस्ता नारा लगाएका थिए ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook