• होमपेज
  • अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने
द्रुत खबर बिशेष

अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने

कमला केसी/दक्षिण कोरिया ।
दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भावका लागी  र अफ्ट्यारो परिस्थितिमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ राप्ती अक्षयकोष निर्माण गरिने भएको छ । कोष स्थापनाका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन  नेपाली कथानक चलचित्र छक्कापञ्जा ४  प्रदर्शन गर्ने भएको छ  ।

बिशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन नेपाली कथानक चलचित्र छक्कापन्जा ४ प्रदर्शन गर्ने भएको हो चलचित्रको १ दिन अगाडी मात्रै टेलर आएको छ ।

विज्ञापन

जुन अहिले नेपालमा युटुवको ट्रेण्डको १ मा छ चलचित्र आम दर्शकले खोजेको जस्तै समसामयिक र राजनीतिक मुलधारमा रहेको हुनाले  पनि धेरै दर्शकले प्रतीक्षा गरिरहेको समाजका अध्यक्ष ओमलाल ओलि बताउनुहुन्छ । फागुन १९ अर्थात मार्च ३ मा नेपालमा प्रदर्शन हुन लागिरहेको चलचित्र एक सात पछि कोरियामा प्रदर्शन गर्न लागिएकाले पनि कोरियामा रहेका चलचित्रप्रेमि दर्शकहरुका लागी खुशीको कुरा रहेको अध्यक्ष ओलि बताउनुहुन्छ ।

चलचित्र दोङदेमुन नजिक जोङ्गाक स्टेशनमा रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । पहिलो शो को लागि अग्रिम टिकेट मार्च ०५ तारिख राति ९:०० बजे भित्र तपसिलको फोन नम्बरमा कल गरी लिन सकिने छ भने दोस्रो शो लागि भने स्वयम् उपस्थित भएर अथवा टिकट वितरण गर्ने विभिन्न ठाउँहरूबाट लिन सकिने पनि जानकारी दिएको छ ।

पहिलो शो अग्रिम टिकेट बुकिङको लागि सम्पर्क व्यक्तिहरू Omlal Oli – 01080709210, Amrit KC – 010-5960-8190, Sobarna Oli – 010-5949-0415, Bayu Poudel – 010-2630-5311 साथै कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा  उपस्थितको लागि राप्ती समाज दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook