• होमपेज
  • राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनको भविष्य टुंग्याउँछ: माधव नेपाल
Breaking News

राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनको भविष्य टुंग्याउँछ: माधव नेपाल

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता साझेदार दलको गठबन्धन धेरै लामो नटिक्ने बताएका छन्।

पार्टी निकट विद्यार्थी संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन कुन दिन भत्किन्छ भन्ने टुंगोनै नभएको बताए। उनले भने, ‘राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुगों लाग्छ। एक हप्ताभित्रै गठबन्धनको भविष्य प्रष्ट हुन्छ।’

विज्ञापन

नेपालले यो गठबन्धन जनताको पक्षमा नभएको बताए। नेपालले भने, ‘यो गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्व पनि छन् । संघीयता विरोधी पनि छन्। अनि बामपन्थी पनि छन्। संविधान विरोधी पनि छन्।’

मुलुकको राजनीतिले कुन कोर्स लिने भन्ने राष्ट्रपतिको चुनावबाट थाहा हुने उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook