• होमपेज
  • ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न
मनोरञ्जन

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न

पर्वत/ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो ।

हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यस राउन्डको निर्णायक थिए

विज्ञापन

त्यसैगरि, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले आफ्नो दमदार प्रतिभा देखाए। कसैले नृत्य र गीत गाएर संगीतमय माहोल बनाए। केहीले भने कविता वाचन गर्दा कसैले पेन्टिङ बनाएर कला देखाए। केहीले त स्टेजमा ड्रामा समेत प्रस्तुत गरे। फरक फरक विधाका प्रस्तुतिले जजहरुलाई पनि निर्णय गर्न सकस परेको थियो ।

यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे। पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए ।

यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए। सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए। हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो।

यसपछि आउँदो शनिबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार म्युजिममा गरिनेछ। प्रतियोगिताको फिनाले भने वैशाख १९ गतेका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ।

फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook