• होमपेज
  • पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन
गण्डकी प्रदेश

पर्वत ठूलीपोखरी-पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

पोखरा । पर्वत ठूलीपोखरी_पोखरा सम्पर्क समाजको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना दिनुहुने सबैले आपसी सहयोग र सद्भाव बढाउन आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कुश्मा १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले समाजले ठुलीपोखरीबाट पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सहयोग र सद्भाव देखाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

कार्यक्रममापर्सा जिल्ला अदालतका न्यायाधीश मुकुन्द आचार्यले समाजले भाईचाराको सम्बन्ध कायम राख्दै सुख दुखमा साथ दिन तथा ठुलीपोखरीको आर्थिक, भैतिक तथा सामाजिक सेवामा समाज जोडिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा न्यायाधीश मुकुन्द आचार्य, वडाध्यक्ष झलक प्रसाद रिमाल, वडा सदस्य खरी प्रसाद सुवेदी र समाजका सल्लाहकार महेश शर्मा लामिछानेले २०८१ सालको क्यालेन्डर बिमोचन गर्नुभएको थियो । कार्यक्रम समाजका सल्लाहकार चक्रपाणी पौडेल,राम प्रसाद आचार्य, महेश शर्मा लामिछाने, प्रेम बहादुर विश्वकर्मा तथा समाजका पदाधिकारी ऋषिराम पौडेल, गंगाराम पौडेल, मिलन सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा  नवनियुक्त  पर्सा जिल्लाका माननीय न्यायाधीश मुकुन्द आचार्यलाई सम्मान गरिएको थियो ।

समाजका कार्यवाहक अध्यक्ष शिव प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत समाजका उपाध्यक्ष बेदीप्रसाद सुबेदीले स्वागत र  समाजका कोषाध्यक्ष शम्भु पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook