• होमपेज
  • बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन
खेलकुद

बेनीमा साहसिक खेल स्केट हाउस सञ्चालन

प्रदिप सापकोटा । म्याग्दीको बेनी नगरपालिका-२,हाँडेभिरमा साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा १० बर्ष विताएर फर्किएका बेनी नगरपालिका–९,काउँलेका देबेन्द्र श्रेष्ठले करिब २५ लाखको लगानीमा क्याफे सहित स्केट हाउस बनाएका छन् ।

म्याग्दी र जलजला गाउँपालिका क्षेत्रमा रहेका स्केट खेलका पारखीका लागि लक्षित गरी नयाँ बर्ष २०८१ साल बैशाख १ गते सञ्चालनमा आएको डि लाईट स्केट हाउसका सञ्चालक श्रेष्ठले बताए ।

विज्ञापन

‘एउटै ब्यवसायमा प्रतिस्पर्धा गर्नुभन्दा नयाँ खेल सञ्चालन गरेको छु,यहाँ बालबालिकादेखि पाकाले समेत खेल्न मिल्छ’ श्रेष्ठले भने ।उनका अनुसार स्केट हाउसको मापदण्ड अन्ुसार लाइसेन्स प्राप्त प्रशिक्षकले प्रशिक्षण दिईरहेका छन ।

म्याग्दीमा सहासिक खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले स्केट हाउसमार्फत तालिम र खेल प्रतियोगिता सहितको योजना समेत बनाइएको छ । विदेशमा लोकप्रिय रहेको स्केट खेल म्याग्दीमा पनि सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यो साहसिक खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए।

बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुदलाई प्रोत्साहन गरिनुपर्ने बताए।

उनले मापदण्ड अनुसार सञ्चालन गरिएको र प्राविधिक पक्षमा आवश्यकता अनुसार अनुगमन समेत गरिएको बताए । उक्त खेललाई थप ब्यवस्थित बनाउन सकेमा म्याग्दी जिल्लामा अन्य सहासिक खेल समेत भित्राउन सकिने भएकाले मापदण्डमा ध्यान दिन समेत अध्यक्ष केसीले अनुरोध गरे

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook