पर्वत । पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो । एकता कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य केशव कुवर, भक्त कुवर, पदमपाणी शर्मा, अनेरास्ववियु केन्द्रिय सदस्य विजयप्रकाश सापकोटा, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य […]
पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो । प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत […]
पर्वत। नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै पर्वतका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले मानिसको बढी भीडभाड हुने क्षेत्र कुश्माको शिवालय चोक, डिमुवा, वारीबेनी, हुवासमा यात्रु सहायताकक्ष स्थापना गरेको हो । चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक […]
सदरमुकाम कुस्माको सुरक्षा व्यवस्थालाई सहज बनाउनका लागि बजारको सुरक्षा संबेदनशिल क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। अब कुस्मा बजारलाई २४ सै घण्टा सिसि क्यामेराले निगरानी गर्ने गरि संचालनमा ल्याइएको हो । चार बर्ष अघिदेखि बिग्रेका ५ क्यामरा मर्मत र १५ नयाँ गरि सिसिटिभी सञ्चालनमा ल्याइएको हो । कुस्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत […]
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । एसियाली […]
पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी […]
पर्वत । पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बोडिङ हिँडेको समयमा खुट्टा धुने क्रममा नहरले बगाउँदा फलेवास नगरपालिका –६ देविस्थान स्थित चन्दनीकी आठ बर्षिया श्रीसा रानाको मृत्यु भएको हो । विहान ११ बजे बोडिङ हिँडेकी बालिकाले स्थानीय साताकुरियामा नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिईन । बालिकालाई नहरले बगाउँदा सँगै […]
पारिवारिक नीजि वनले भोग्नुपरेका समस्या र त्यसका सामाधानका विषयमा पारिवारिक नीजि वन संघ पर्वतको अन्तर संबाद कार्यक्रम पर्वतको महाशिला ५ लुंखुमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य सुमित्रा बसेलले पारिवारिक नीजि वनलाई राज्यले अवहेलना गरेको बताउँदै कानून परिमार्जन गरि सहज गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक साधन स्रोतको उपभोग गर्न राज्यले नसकेको […]
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]
पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान ७.३० बजेको समयमा खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो । घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो। ‘संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘तसर्थ विषयवस्तुको गाम्भीर्यता एवै संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा […]
मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ। पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो। दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ। मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। […]