• होमपेज
  • काहिँ नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा
Breaking News

काहिँ नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा

पर्वत/सामान्यतया संघ संस्थाहरुको निर्वाचनमा उम्मेदवारहरुको मतपत्र तयार पार्दा दर्ताका आधारमा वा ब्रणनूक्रमका आधारमा तयार गरिन्छ तर, पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा भने यो दुबै अभ्यासलाई फेल खुवाउँदै नयाँ बिधी अपनाईएको छ ।

“काँहि नभएको जात्रा हाँडी गाउँमा” भन्ने उखान जस्तै काँहि नभएको मतपत्र पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा देखिने भएको हो ।

विज्ञापन

विवादलाई साम्य पार्ने नाउँमा अपनाईएको बिधी निर्वाचनको कुनै प्रक्रियासँग पनि नमिल्दो देखिएको छ । यसले सर्बत्र आलोचना समेत शुरु भएको छ ।

निर्वाचनका लागि जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय र कार्यालयबाट खटिएका निर्वाचन अधिकृतको असक्षमता यस मतपत्रले देखिएको छ ।

विभिन्न विवादमा मध्यस्तता गर्ने प्रशासनले अपनाएको यो बिधी निर्वाचनको कुनै पनि बिधीसँग मेल खाएको पाईँदैन । यसले कार्यालय र त्यहाँका जिम्मेवार कर्मचारीको क्षमतामा समेत प्रश्न चिन्ह खडा गरेको छ ।

पर्वत उद्योग बाणिज्य संघको आगामी चैत ७ गते हुने निर्वाचनका लागि मतपत्रमा उम्मेदवारहरुको क्रमसंख्या कुन मापदण्ड अनुसार राख्ने भन्नेमा रहेको विवाद टुंगिएको छ ।

ब्रणानुक्रम र दर्ताका आधारमा क्रम संख्या तोकिनुपर्नेमा दुबै पक्ष सहमत नबनेपछि गोलाप्रथा गरेर क्रम संख्या राख्नेगरि टुंगिएको निर्वाचन अधिकृत बिमल गौतमले जानकारी दिनुभयो ।

बुधबार साँझदेखि भएको विवाद बिहिबार साँझ मात्रै टुंगिएको हो । गोपी अधिकारीको समूहले दर्ताका आधारमा र शिब शर्मा पौडेलको समूहले ब्रणनुक्रमका आधारमा नामावली प्रकाशन गर्नुपर्नेमा अडान राखेका थिए ।

दुबै समूहको विवाद नमिलेपछि गोलाप्रथाबाट क्रम संख्या निर्धारण गर्ने गरि सहमति भएको गौतमले जानकारी दिनुभयो । अब सोही क्रम अनुसार मतपत्र छापिने उहाँले जानकारी दिनुभयो ।

गोपी अधिकारी प्यानल बलियो देखिएपछि शिब शर्मा पौडेलको प्यानलले सदस्य भएपनि जिताउन सकिने देखेर यस्तो बखेडा झिकेको उम्मेदवारहरुले आरोप लगाएका छन् ।

गत ३ वर्ष अघी भएको निर्वाचनमा दर्ताका आधारमा क्रम संख्या निर्धारण गरिएको थियो भने अहिले सो विषयमा लोकतान्त्रिक पक्ष सहमत नभएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

प्यानलमा जाँदा एकलौटी जित हुने देखेर यस्तो बखेडा झिकिएको अधिकारी समूहका निर्वाचन परिचालन कमिटिका संयोजक मिन प्रसाद श्रेष्ठले बताउनुभयो ।

यता लोकतान्त्रिक समूहले भने ब्रणनूक्रम अन्तराष्ट्रिय मापदण्ड भएकाले सोही अनुसार हुनुपर्नेमा अडान लिएको थियो । अन्तराष्ट्रिय अभ्यास नै ब्रणनुक्रम भएकाले सोही अनुसार भएमा मात्र सहमती हुने लोकतान्त्रिक समूहका निर्वाचन परिचालन कमिटि सदस्य मोहन आचार्यले जानकारी दिनुभयो ।

प्रचार प्रसार तिव्र
आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा दुबै समूह प्रचार प्रसार अभियानलाई तिब्र पारेर व्यावसायिको घरदैलोमा पुगेका छन् ।
दुबै समूहले विभिन्न योजना र कार्यक्रमहरु लिएर मतदाताको घरदैलोमा पुगेका हुन् । गत निर्वाचनहरु भन्दा यस निर्वाचनमा प्रचार प्रसार गतिबिधी बढेको साथै सामाजिक संजालको समेत उच्चतम प्रयोग भएको छ ।

बिहिबार मात्रै दुबै समूहले कुस्मा बजारका साथै फलेवास क्षेत्र र राजमार्ग क्षेत्रका वारीबेनीदेखि डिमुवासम्म प्रचार अभियानलाई तिब्र पारेका छन् । दुबै समूहले जित आफ्नो पक्षमा आउने बताईरहेका छन् । कुल २२९३ मतदात रहेको निर्वाचनमा अध्यक्ष र २२ सदस्यहरु चुनिनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook