• होमपेज
  • पर्वतमा जनगणना २०७८ लागि पनि कार्यालय स्थापना
गण्डकी प्रदेश

पर्वतमा जनगणना २०७८ लागि पनि कार्यालय स्थापना

पर्वत : २०७८ सालमा हुने १२ औँ तथा संघियताको पहिलो राष्ट्रिय जनगणनाका लागि पर्वतमा पनि कार्यालय स्थापना गरिएको छ ।आगामी २०७८ साल बैशाख देखि आषाढसम्म सम्पन्न गर्न गईरहेको छ । राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्य संचालनको लागि

सम्बन्धित जिल्ला हेर्ने गरी देशभरका ७ वटा प्रदेशमा ८० वटा जिल्ला जनगणना कार्यालयहरु स्थापना गरिने तयारी अनुसार पर्वतमा पनि जिल्ला जनगणना समन्वय समितिको पहिलो बैठकबाट कुश्मा नगरपालिका स्थित शिक्षा विकास तथा समन्वय इकाईको भवनअस्थायी रुपमा ४ महिनाको लागि प्रयोग गर्ने गरी कायाएलय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी ज्योती केसीले बताईन् । कार्यालयको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीबाट शुभारम्भ गरिएको छ ।

विज्ञापन

कार्यालयका अनुसार कार्यतालिका बमोजम जिल्लास्तरको जनगणना सचेतना कार्यशाला चैत्र महिनाको दोश्रो हप्तामा रहने कार्यक्रम रहेको छ । बैशाख १ गते कुश्मा (कुश्मा नगरपालिका, जलजला गाउँपालिका, मोदी गाउँपालिका र फलेबास नगरपालिका हेर्ने गरी) र हुवास (बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयुं गाउँपालिका हेर्ने गरी) मा दुई वटा स्थानीय जनगणना कार्यालयको स्थापना हुनेछ । सुपरिवेक्षक सूची चैत्र २० गते सम्ममा सार्वजनिक गरी सुपरिवेक्षक तालिम बैशाख १६ देखि २२ सम्म रहने छ । घर तथा घरपरिवार सूचिकरण कार्यउक्त तालिम प्राप्त सुपरिवेक्षकबाट बैशाख २६ देखि जेष्ठ १४सम्म हुने छ । त्यस्तै गणकको प्रारम्भिक सूची सार्वजनिक कार्यक्रम बैशाख १५ भित्रतथा गणक तालिम जेष्ठ १७ देखि २२ सम्म रहने छ । मुल गणना कार्य जेष्ठ २५ देखि आषाढ ८ सम्म रहेको छ ।

तथ्याङ्क संकलन तथा सुपरिवेक्षण कार्य गर्नको लागि करार सेवामा व्यक्ति लिने कार्यक्रम अनुरुप अनलाइन जनशक्ति भर्ना प्रणाली बमोजिम दरखास्त दिने व्यवस्थालाई अझै बढी प्रभावकारी बनाउँदै दरखास्त फारम भर्न कठिनाई भएकाहरुको लागि कार्यालय फाराम भर्न पनि आह्वान गरेको छ । करारमा रहेर काम गर्न चाहनेहरुले चैत ५ देखि११ गते सम्म जिल्ला जनगणना कार्यालय, कुश्मामा अफलाइन दरखास्त फारम बुझाउन सकिने व्यवस्था समेत गरिएको सहायक जिल्ला जनगणना अधिकारी दिपक सुवेदीले बताए ।

उनका अनुसार पर्वतमा काम गर्नको लागि कुस्मा नगरपालिकामा ४७ र पैयूँ गाउँपालिकामा १४ जना सुपरीवेक्षकहरु दुई महिनाको लागि करारमा राख्न लागिएको छ । यसमा काम गर्न चाहानेले स्नातक तह उत्र्तिण गरेको हुनुपर्ने छ भने तलब मासिक २८ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै कुस्मामा १ सय ९७ जना र पैयूँमा ५३ जना गणकहरु राख्न लागिएको छ । गणकको लागि प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने र मासिक तलब २६ हजार ६ सय १० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook