• होमपेज
  • नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्
Breaking News

नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् ।

आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि २ जेठ २०७५ को अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे ।

विज्ञापन

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारबाही गर्ने अध्यक्षले चेतावी दिए पनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्तालाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए ।

‘पूर्वएमालेको ठाउँमा फर्किऔ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने हामी पार्टी फुटाउने होइन, पार्टी एकतावद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुनजुन संरचना थिए । जो-जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रूपमा जिम्मा दिनुपर्छ । पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ । तपाईंहरू एमाले पार्टीको हुन्जेल कसैले तपाईंको पद खोस्न सक्दैन,’ उनले भने ।

नेता नेपालले सांसदको सवालमा के कस्तो हुनसक्छ भनेर आफूहरूले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिस्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए । केही समयअघि अध्यक्ष ओली समूहअन्तर्गतको अखिल महिला संघले पनि राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook