• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्
Breaking News

पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्

पर्वत/पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार हुने निर्वाचनमा गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल अगाडी देखिएको छ ।

जिल्लाका सबै वडाहरु साथै कुस्मा बजारमा भएको सर्वेक्षण अनुसार गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल नै अगाडी देखिएको निर्वाचन परिचालन कमिटिका संयोजक मिन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

स्रोतका अनुसार सबै ठाउँमा गरिएको सर्वेक्षणका आधारमा हालसम्म करिब ५ सय बढि मतान्तर रहेको बताईएको छ । शिब शर्मा पौडेल प्यानलले भने आफ्नो झिनो मतान्तरले जित्ने अनुमान गरेको भएपनि आज गर्ने भनिएको ¥यालीमा आफ्नो पक्षका मतदाताहरु नै सहभागि नभएपछि निराश बनेको स्रोतले बतायो ।

कुस्मा बजारमा जनउभार ल्याउने भनि हिजो रातीदेखि गरिएको प्रचारले समेत काम नगरेको र पौडेलको पक्षमा खासै लहर नदेखिँदा उम्मेदवारहरु समेत निराश देखिएकाछन् ।

लोकतान्त्रिक समूहको नेतृत्व गरेका नेपाली काँग्रेसका नेताहरु सहभागि रहेर लोकतान्त्रिक चोकबाट शुरु गर्न लागिएको ¥यालीमा सहभागिता सोचे भन्दा निकै नै कम भएपछि स्थगित गरिएको थियो ।

सो र्‍यालीमा अधिकांस गैह्रमतदाता समेत रहेका थिए । यसले शुभेच्छुक मतदाता समेत प्रभावित बनेको सो समूहको प्रतिकृया रहेको छ ।
यता निर्वाचनको मिति आउन केहि घण्टामात्रै बाँकी रहँदा गोपिको पक्षमा व्यावसायिहरु खुल्दै गएका छन् । शुक्रवार दिनभर कुश्माबारमा गरिएको घरदैलोमा अधिकांस उद्योगी व्यावसायिहरु आफ्नो पक्षमा देखिएको उक्त समुहले जनाएको छ ।

अर्कोतर्फ विगत ३/४ कार्यकाल वामपन्थी उम्मेदवारहरुले उद्योग बाणिज्य संघमा बिजयी भएको र उनिहरुले राम्रा गतिविधिहरु शुरुवात गरेकाले तिनीहरुको संस्थागत विकास र निरन्तरताका लागि अधिकारीको बिजयी हुनुपर्ने उनि समर्थकहरुको धारणा रहेको छ ।

शनिवार हुने निर्वाचनका लागि अधिकारी समुहका २३ र पौडेल समुहका २३ गरी ४६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनको परिणाम आ(आफ्नो पक्षमा पर्ने दुवै समुहको दावी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook