• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
Breaking News

पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी हुनुभएको छ । सदस्यहरुमा ठाकुर वि पौडेल, राजकुमार बस्नेत, रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, कृष्णप्रसाद शर्मा, नारयण बहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायण प्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, राजन गुरुङ र शेरबहादुर चोचाङ्गी, बिनोद आचार्य, कमल शर्मा लामिछाने र कृष्ण प्रसाद शर्मा बिजयी हुनुभएको छ ।

विज्ञापन

गत शनिवार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook