• होमपेज
  • ‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
Breaking News

‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ आफूहरु ओलीको टाङमुनि नछिर्ने बताउँदै नेता नेपालले ओलीको आन्द्राभुँडी सबै थाहा भएको बताए । उनले ओलीलाई चुनौती दिँदै भने, केपी ओली सुरुदेखि गुटबन्दीमा लाग्दै आएका मान्छे हुन् । केपी ओलीका आन्द्राभुँडी सबै थाहा छ, धेरै फूर्ति नलगाए हुन्छ ।’केपी ओलीले अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधे पनि नेता नेपालको मंगलबारको प्रस्तुती ओलीप्रति थप आक्रामक देखिएको थियो । उनले प्रधानमन्त्री ओलीलाई हाँक दिँदै भने, ‘हिम्मत छ निकाल्ने ? निकाल्नुस् त । सहेर बसिन्छ ?’

प्रस्तुत छ, माधव नेपालको भाषणको सम्पादित अंश –

विज्ञापन

हामीले असल चरित्र सिकेका छौं । अहंकारी व्यक्ति कहिल्यै काम लाग्दैनन् । त्यसो हुनाले ज्ञान छ भने बुद्धि हुनुपर्छ, बुद्धि छ भने विवेक हुनुपर्छ । ज्ञान, बुद्धि र विवेकको संयोजन हुनुपर्दछ । हामीले महाधिवेशनमा प्रष्टसँग भनेका थियौं, राजतन्त्र ढालेपछि गणतन्त्रलाई संस्थागत गर्नुपर्छ । अब मुलुक फेरि पुरानो राजतन्त्रमा फर्किन सक्दैन र फर्किँन पनि दिँदैनौं । हामी पराजित गरिछाड्नेछौं । जतिसुकै केपी ओलीले साँठगाँठ र राजतन्त्रलाई साथ दिने काम गरुन्, हुर्काउन खोजून्, जतिसुकै प्रयत्न गरे पनि राजनीतिको एउटा चरण पूरा गरिसकेका हामी त्यस्तो प्रयासलाई विफल पारिछाड्छौं । राजनीतिक क्रान्तिको एउटा चरण पूरा गरिसकेका हामी सामन्ती शासनलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरिसक्यौं । आर्थिक–सांस्कृतिक क्रान्तिको दोस्रो चरणमा अगाडि बढ्दा समाजका आफ्नो ध्येय र उद्देश्य पूरा गर्ने हो ।

महत्वपूर्ण सवाल के हो भने समाजलाई चाहिएको सामाजिक न्यासहितको समृद्धि हो । समृद्धि आर्थिक विकासमात्रै होइन । त्यसैले हामीले भनेका छौं, हाम्रो व्यवस्था जनताका लागि हो । आन्दोलन लोकप्रिय हुनुपछाडिको कारण के हो ? त्यसको कारण एउटा के हो भने नेपाली जनताको नाडी उसले समातेको छ, नेपाली जनताको ढुकढुकी उसले बुझेको छ । यही ढुकढुकी बुझ्न सक्यो भने पार्टी बलियो हुन्छ । आन्दोलन पनि सफल हुन्छ र सफलताको बिन्दुमा पुग्छ  । जब राष्ट्रिय राजनीतिको नाडी समात्न सकिँदैन, देश र जनताको भावना बुझ्न सकिँदैन भने त्यस्ता पार्टीहरु इतिहासको कठघरामा जानेछन् । जसरी टंकप्रसादजीले खोल्नुभएको प्रजापरिषद् इतिहासको विषय बनिसकेको छ । कतिपय देशमा जनताको भावना बुझ्न नसकेरै कम्युनिस्ट पार्टीको अवसान भइसकेको छ । त्यो बाटोमा हामी जाने होइन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook