• होमपेज
  • फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश

फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा १ दिने स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन विषयक छलफल कार्यक्रम आईतबार कुस्मामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिब ठाकुर भण्डारीले वनलाई रोजगारीसँग जोड्न सकेमा समृद्धी हाँसिल गर्न सकिने बताए । उनले समुदायले वन व्यवस्थापन मात्रै गर्ने नभई त्यसबाट आय आर्जन र रोजगारी समेत पाउनेगरि योजना बनाउनुपर्नेमा जोड दिए ।

विज्ञापन

सामुदायिक वन जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले वन व्यवस्थापन र रोजगारी सँगै हुनुपर्छ उनले भने । भण्डारीले बैज्ञानिक वनका नाउँमा सरकारले वन मास्ने योजना ल्याउन खोजेको र त्यसलाई समुदायकै सक्रियतामा विफल पारिएको बताए । आगामी दिनमा सामुदायिक वन मास्ने कुनै कुचेस्टा हुन सक्ने भएकाले खबरदारी गर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुम प्रसाद सुबेदीले वन जनताको जीवनसँग प्रत्यक्ष जोडिएकाले संरक्षण र वनमा आधारित उद्यमबाट जीवनस्तर उठाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सुबेदीले स्थानीय तहहरुले सामुदायिक वन लक्ष्यित कार्यक्रम ल्याउन नसकेकाले वन व्यवस्थापनका कार्यक्रम स्थानीय तहको बजेटमा आउनुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वनसँग सम्बन्धित सरोकारवालाहरुले समुदायले वन जोगाउने मात्र काम भएकाले वन लक्षित कार्यक्रम संचालन गर्न सरकारसँग माग गर्नुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका कोषाध्यक्ष दिपक आचार्य, कुश्मा नगर माहासंघका सचिब मिठू शर्मा, भड्खोरे सामुदायिक वनका अध्यक्ष तेज गिरी लगायतले आफ्नो धारणा राखेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष कबिता विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब गणेश पौडेलले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook