• होमपेज
  • एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
Breaking News

एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ।

उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। यदि पार्टी विवाद बढ्दै गएर अलग हुने अवस्था वा संसदमा ह्वीप उल्लंघन हुने अवस्था आएमा ओलीले समानुपातिकतर्फका सांसदहरूलाई पार्टी निर्णय अनुसार हटाएर यसअघि निर्वाचन आयोगमा रहेको बन्दसूचीभित्रका अन्य उम्मेदवारलाई जिताउने अधिकार लिएका छन् ।यता वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै नेकपा एमालेले सोमबार पत्र पठाएको छ ।

विज्ञापन

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । कतीपय नेताहरु कारवाहीको डरले ओली पक्षमा गएपनि १२ जना समानुपातिक सांसदहरु भने नेपाल पक्षमा चट्टान जस्तै भएर बसेका छन् । खासगरि नेपाल समूह ओली प्रवृतीको प्रतिवाद गरेरै छाड्ने योजनामा रहेको देखिन्छ । २८ फागुनको एकलौटी निर्णय सच्याउनुपर्ने नेपाल पक्षको प्रमुख माग रहेको छ ।

माधव नेपाल पक्षका समानुपातिक सांसद
१. रामकुमारी झाँक्री, गुल्मी (आदिवासी जनजाति महिला)

२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर (आदिवासी जनजाति महिला)

३. मुकुन्द न्यौपाने, काठमाडौं (खसआर्य पुरुष)

४.कल्याणीकुमारी खड्का, रौतहट (खस आर्य महिला)

५.लक्ष्मीकुमारी चौधरी, कैलाली (थारु)

६. गंगा चौधरी सत्गौवा, दाङ(थारु)

७. निरादेवी जैरु, डडेलधुरा (दलित महिला)

८. पार्वतीकुमारी विसुङ्खे, दैलेख(दलित महिला)

९. पुष्पाकुमारी कर्ण यादव, पर्सा (मधेशी महिला)

१०. सरलाकुमारी यादव, रौतहट(मधेशी महिला)

११. कालिला खान, तनहुँ (मुस्लिम महिला)

१२. समिना हुसेन, रौतहट (मुस्लिम महिला)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै