• होमपेज
  • ठूलीपोखरीमा सामुदायिक भवन शिलान्याश
कुश्मा नगरपालिका

ठूलीपोखरीमा सामुदायिक भवन शिलान्याश

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा सामुदायिक भवनको मंगलबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले शिलान्याश गर्नुभयो ।

कार्यक्रममा बोल्दै अधिकारीले देशमा समृद्धीका लागि सबै क्षेत्रको समानूपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन

उहाँले एकात्मक राज्य व्यवस्थाको अन्त्य गरि संघीयतामा गएको अवस्थामा सबै क्षेत्रको विकास भएमा मात्रै संघीयता सफल हुने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य केशब कुँवरले विकास निर्माणको अनुभूति दिलाउन गाउँ गाउँमा जनताले देख्ने र भोग्ने गरि योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उन्नतशिल आम समूहका अध्यक्ष देबी कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत श्याम बहादुर केसी र संचालन भिमनाथ कुँवरले गर्नुभएको थियो । कुल १५ लाख लागतमा सो भवन निर्माणको शुरुआत गरिएको हो ।

उन्नतशिल आमा समूहको सक्रियतामा थालिएको भवन निर्माणका लागि प्रदेश सभा क्षेत्र विकास कोषबाट ४ लाख ५० हजार रुपीयाँ विनियोजन गरिएको छ भने बाँकी रकम स्थानीय स्रोतका साथै प्रदेश सरकारसँग माग गरिएको समूहका अध्यक्ष गायत्री सुबेदीले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook