• होमपेज
  • पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता
अर्थ खबर

पर्वत उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि ४९ जनाको मनोनयन दर्ता

पर्वत, चैत ३ । आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औँ अधिवेशनको लागि ४९ जनाले आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । साझा, स्वतन्त्र, समाबेशी एवम् ब्यवसायीक उम्मेदवार गोपी अधिकारी र ब्यवसायीक तथा साझा उम्मेदवार शिव शर्मा पौडेलको प्यानलले मंगलबार १७ औँ अधिबेशन निर्वाचन समितिको निर्दैशन अनुसार आफ्नो टोलिको उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन ।
१७ औं अधिवेशनका निर्वाचन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी बिमल गौतमका अनुसार अध्यक्षमा गोपी अधिकारी र शिव शर्मा पौडेलको उम्मेदवारी परेको छ भने बाकिँ ४४ जनाको सदस्यको लागि उम्मेदवारी परेको गौतमले जानकारी दिनुभयो । अधिकारी बिगत २०५५ साल यता देखि उद्योग वाणिज्य सङ्घमा आबद्ध रहनुभएको छ । २०५५ सालमा आमन्त्रीत सदस्य, २०६९ सालमा द्धितिय उपाध्यक्ष, २०७२ मा बरिष्ठ उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष रहनुभएको छ । भने पौडेल २०५२ साल देखी उद्योग वाणिज्य सङ्घमा आबद्ध रहनुभएको छ । २०६९ सालमा कार्य समिति सदस्य, २०७२ मा उद्योग उपाध्यक्ष र वर्तमान समितिमा सदस्यको रुपमा रहेर काम गर्दै आउनुभएको छ ।
अधिकारीको प्यानलबाट महिला सदस्य माया गिरी र देबि अधिकारी तथा सदस्य पदका उम्मेद्धारहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने,राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, रौफदिन मिया ( राहुल ), गणेशकुमार श्रेष्ठ र रुद्र प्रसाद अधिकारी रहेका छन् ।
त्यस्तै पौडेलको प्यानलमा महिला सदस्य पदका उम्मेद्वारमा राधाकुमारी शर्मा, सरस्वती गिरी र अनिता मल्ल के.सी तथा सदस्य पदका उम्मेद्वारमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, कृष्ण बहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, लक्ष्मण शर्मा, दिनेश श्रेष्ठ, बिज्ञान बम मल्ल, प्रल्लाद गिरी, सञ्जय नेपाली राजकुमार बस्नेत, विनोद आचार्य, श्रीप्रसाद पौडेल, धनश्याम मल्ल, योगराज गिरी,कृष्ण प्रसाद शर्मा, बिनोद कुमार श्रेष्ठ र शिवराज शर्मा रहनुभएको छ । २३ जनाको कार्य समिति रहेपनि अधिकारीको टिमबाट १ जना र पौडेलको टिमबाट २ जनाले बढी उम्मेदवारी दिएका हुन । बढी भएका उम्मेदवारले भोली मनोनयन र्फिता लिन सक्नेछ । संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook