• होमपेज
  • नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा
Breaking News

नेकपा एमाले कार्यकर्ता भेला शुरु हुँदै देशभरबाट २ हजार बढि नेता कार्यकर्ता काठमाण्डौमा

काठमाडौं ।आज शुरु हुने नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला केही बेरमा शुरु हुने भएको छ । देशभरबाट भेलाका लागि २ हजार बढि नेताहरु काठमाण्डौमा भेलाका लागि आईसकेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

यसअघि मंगलबार नै तयारी पूरा भएको भन्दै सो समूहले पत्रकार सम्मेलन पनि आयोजना गरिसकेको छ । यस कार्यकर्ता भेलाले ओलीलाई दबाब दिने बताइएको छ ।

विज्ञापन

सर्वोच्च अदालतको फैसलापछि पनि ओलीले एकलौटी निर्णय गरेको भन्दै सो समूहले आपत्ति जनाएको छ । भेलामा एमालेका उल्लेख्य नेता/कार्यकर्ताहरु उपस्थित हुने दाबी गरिएको छ । कारवाही गर्न संस्थापनले माधव–झलनाथ समूहले चेतावनी पनि दिएको छ ।

अदालको फैसालाले पार्टी ब्युँताए पनि आफूखुसी गुटका बैठक गर्दै फैसलाको कार्यान्वयन नभएकाले भेला आयोजना गरिएको नेता योगेश भट्टराईले बताएका छन् ।

‘नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना हो भन्ने कुरा स्पष्ट छ ।’ माधव–झलनाथ समूहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा, ‘यति हुँदाहुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौं र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुयाउन चाहन्छौं ।’ भनिएको छ ।

ओलीले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । पार्टीको एकता असफल बनाउने कार्यको विरोध गर्न उक्त समूहले कार्यकर्तालाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook