• होमपेज
  • पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी प्यानललाई निर्वाचन जित्न राम्रो अवसर
अर्थ/वाणिज्य

पर्वत उद्योग बाणिज्य संघको निर्वाचन : गोपी अधिकारी प्यानललाई निर्वाचन जित्न राम्रो अवसर

पर्वत÷पर्वत उद्योग बाणिज्य संघको आगामी चैत ७ गते हुने निर्वाचनको मनोनयनको पूर्व सन्धामा गोपी अधिकारीको नेतृत्वको समावेशी प्यानललाई निर्वाचन जित्न सोचेभन्दा सहज भएको छ ।

विज्ञापन

लोकतान्त्रिक प्यानलको रुपमा शिब शर्मा पौडेल नेतृत्वमा रहेको प्यानलका ७ जनाको उम्मेदवारी दिन नमिल्ने भएपछि प्यनलमा नै खैलाबैला भएको छ । उम्मेदवार हुन लगातार ३ वर्ष नविकरण गरेको हुनुपर्नेमा ७ जना उम्मेदवारले नियमित नविकरण नगरेको पाईएको हो । यसले गर्दा प्यानलमा रहेका उम्मेदवार छाडेर नयाँ उम्मेदवार छान्नुपर्ने सकस सो समूहलाई परेको छ ।

यसले गर्दा अधिकारी समूहलाई निर्वाचन जित्न सहज भएको उद्योगी व्यावसायिहरुले अनुमान गरेका छन् । यसका साथै अधिकारी समूह समावेशी भएका कारण सबै क्षेत्रको सहयोग हुने आश्वासन समेत प्राप्त भएको बताईएको छ । यता गोपी अधिकारी प्यानलबाट पनि ३ जनाको नाम परिवर्तन हुने भएको छ ।

लोकतान्त्रिक समूहले गोपी अधिकारी प्यानललाई कमजोर बनाउन चालेका चलखेल समेत समाप्त भएकाले निर्वाचन जित्नेमा कुनै द्वीबिधा नभएको उम्मेदवारहरुले बताएका छन् । नेकपामा आएको फूटसँगै एमाले र माओवादी केन्द्र भएपछि विभिन्न भ्रम छरेर कमजोर बनाउन खोजेपनि नेकपाका नेताहरु एक ठाउँमा बसेर मोर्चा सम्हालेपछि कुनै समस्या नरहेको निर्वाचन परिचालन समितिका संयोजक मिन प्रसाद श्रेष्ठले बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, सचिब पदमपाणी शर्मा साथै माओवादी केन्द्र पर्वतका संयोजक सुदिप कुँवरले निर्वाचनमा कुनै खालका समस्या आउन नदिन सबै संयन्त्र परिचालन गरिएका कारण एकतामा कुनै समस्या नहुने बताएका छन् । यसले मोर्चा झनै बलियो बनेको छ ।

यसैबीच अधिकारी नेतृत्वले सोमबार कुश्मा नगरपालिका–११ सिल्मी, १२ ठुलीपोखरी,१३ खौलालाँकुरी र फलेवास नगरपालिका १ देखी ६ नम्वर वडाका व्यवसायीहरुलाई भेटर आफ्ना प्रतिवद्धता सहित भोट मागेका छन् । मत माग्ने क्रममा सबै ठाउँमा समावेशी प्यानलका पक्षमा व्यावसायिहरुको हौसला र उत्साहका कारण निर्वाचन जित्न झनै सहज भएको उम्मेदवारहरु बताउँछन् ।

संघको अध्यक्ष सहित २२ सदस्यका लागि आगामी चैत ७ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयका अनुसार संघका २२ सय ९३ जना मतदाता रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook