• होमपेज
  • ओलीलाई प्रधानमन्त्रीबाट नहटाए मुलुकलाई ठूलो भड्खालोमा हाल्छन् – वरिष्ठ नेता पौडेल
Breaking News

ओलीलाई प्रधानमन्त्रीबाट नहटाए मुलुकलाई ठूलो भड्खालोमा हाल्छन् – वरिष्ठ नेता पौडेल

पर्वत — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए ।

विज्ञापन

पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको प्रवृत्ति छर्लङ्ग भएको पौडेलेको भनाइ थियो । अब पनि ओलीलाई सरकारमा टिकिरहन दिए बर्मामा भन्दा ठूलो दुर्घटना घट्ने पौडेलले बताए ।

‘हिजो संसद् विघटन हुनबाट जोगायौं । अब ओलीवादबाट बचाउन जरुरी छ,’ उनले भने, ‘संविधानमा मात्रै प्वाल पारेर नभएर अहिले आफ्नै पार्टी विधान जलाउने काम जसरी ओलीले गरेको छन् । भोलि देशको व्यवस्थामाथि नै ‘कु’ नगर्लान् भन्न सकिँदैन ।’ पार्टीको महाधिवेशनमा विजयी भएर जिम्मेवारी पाएका नेताहरुको अधिकार खोस्नेले मुलुकका विरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनले बताए ।

देशमा संकट गहिरिएका बेला कांग्रेस सत्ताको जोडघटाउमा लाग्न नहुने उनको भनाइ छ । ‘कांग्रेस अहिले सत्ता चाहियो भनेर लाग्ने होइन,’ उनले भने, ‘पहिला ओलीलाई हटाउनुपर्‍यो । त्यसका लागि कुन पार्टीसँग मिल्नुपर्छ । कस्तो आन्दोलन गर्नुपर्छ । कांग्रेस तयार हुनुपर्छ । यो कुरा मैले सभापतिज्यूलाई पनि भनेको छु ।’

सभापति देउवा अहिले नै नेतृत्व लिन हतारिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले सहज परिस्थिति आएमा कांग्रेसबाट नेतृत्व लिने व्यक्तिमा विवाद नरहेको स्पस्ट पारे । ‘पार्टी सभापति र संसदीय दलको नेता देउवाजी नै हो,’ उनले भने, ‘उहाँको विकल्प छैन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook