• होमपेज
  • सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल
Breaking News

सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् ।

विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन ।

विज्ञापन

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।’

सर्वोच्च अदालतले फैसलाअनुसार एमालेको पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनले बताए । साथै २८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नुपर्ने आफूहरुको माग रहेको भन्दै उनले भने, त्यसैमा कुरा मिलेन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook