• होमपेज
  • पोखरामा मोटरसाइकल दुर्घटनामा परि पर्वतका गिरीको मृत्यु
गण्डकी प्रदेश

पोखरामा मोटरसाइकल दुर्घटनामा परि पर्वतका गिरीको मृत्यु

पोखरा । पोखराको सराङकोट खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३२ वर्षका माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गिरीको पोखराको सहारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वरिष्ठ प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले दिएको जानकारी अनुसार सराङकोट सडकखण्ड स्थित गुम्बा नजिकै मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

विज्ञापन

सो दुर्घटनामा मोटरसाइकलमा सवार ३२ वर्षकै गोविन्द गिरी घाइते भएको र उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गिरी गम्भीर घाइते छन् । प्रहरीका अनुसार ग१८प ४८१४ नम्बरको मोटरसाइकल उछिट्टिएर सडकबाट करिब ५० मिटर तल खसेको छ । -फाइल तस्वीर 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook