पर्वत बिशेष

पारिवारिक नीजि वन संघको अन्तरसंबाद कार्यक्रम सम्पन्न
पारिवारिक नीजि वन संघको अन्तरसंबाद कार्यक्रम सम्पन्न

पारिवारिक नीजि वनले भोग्नुपरेका समस्या र त्यसका सामाधानका विषयमा पारिवारिक नीजि वन संघ पर्वतको अन्तर संबाद कार्यक्रम पर्वतको महाशिला ५ लुंखुमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य सुमित्रा बसेलले पारिवारिक नीजि वनलाई राज्यले अवहेलना गरेको बताउँदै कानून परिमार्जन गरि सहज गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक साधन स्रोतको उपभोग गर्न राज्यले नसकेको […]

  • ४ years अगाडि
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]

  • ४ years अगाडि
घाँस काट्न जाँदा भीरबाट खसेर पर्वतका एक युवाको मृत्यु
घाँस काट्न जाँदा भीरबाट खसेर पर्वतका एक युवाको मृत्यु

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान ७.३० बजेको समयमा खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो । घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले […]

  • ४ years अगाडि
वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो। ‘संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘तसर्थ विषयवस्तुको गाम्भीर्यता एवै संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा […]

  • ४ years अगाडि
सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ। पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो। दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ। मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु
कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ ।  अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका  ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका […]

  • ४ years अगाडि
जलजला गाउँपालिकालाई नेकपाको चेतावनी
जलजला गाउँपालिकालाई नेकपाको चेतावनी

पर्वत । गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जलजला गाउँ कमिटिले ध्यानाकर्षणले पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपाले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । नेकपा जलजलाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य दिपक आचार्य आकाश, सचिब टुंगनाथ शर्मा, जिल्ला […]

  • ४ years अगाडि
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका
करको दर दोब्बर पार्दै पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिका

पर्वत । नदीजन्य वस्तुको उत्खनन् र विक्रीयोग्य करमा भारी बृद्धि भएको छ । नदीजन्य वस्तुको उत्खनन्का लागि यस अघि निर्धारण गरिएको करको दायरामा यस बर्ष देखि भारी मात्रामा बृद्धि गरिएको हो । प्रदेश सरकारले लगाउँदै आएको नदीजन्य वस्तुको उत्खननन् र विक्री करको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेसंगै प्रदेश सरकारसंगको समन्वयमा पर्वत जिल्लाका स्थानीय तहहरुले करको दायरामा […]

  • ४ years अगाडि
पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु
पर्वत काँग्रेसको ओरालो पाईलो, दैनिक नेकपातर्फ आकर्षित बन्दै युवाहरु

 पर्वत । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहितका युवाहरु सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा पर्वतको जिल्ला पार्टी कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच कुश्मा नगरपालिका वडा न ८ चुवाका ३ जना युवाहरु नेकपामा प्रवेश गरेको नेकपा कुश्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले जानकारी दिए । पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा नेकपा पर्वतका […]

  • ४ years अगाडि
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै
पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै

पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफाको बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ । गुफालाई भौतिक पूर्वाधार सम्पन्न गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले डिपीआर तयार गर्न थालिएको हो । गुफाको डिपीआर […]

  • ४ years अगाडि
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै
जलजला गाउँपालिकाको गाईजात्रा, आँफै अनूमति दिँदै बन्द गराउँदै

पर्वत, असोज ५/ जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी बन्द गराएको छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई ‘अबैध रुपमा चलेको’जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर बन्द गराएको हो । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर […]

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा […]

  • ४ years अगाडि