• होमपेज
  • कुश्माका विद्यालय एक हप्ता बन्द
कुश्मा नगरपालिका

कुश्माका विद्यालय एक हप्ता बन्द

कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन शुक्रवारदेखि बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापक रूपमा कोरोना संक्रमण फैलिएको र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत संक्रमित भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए । तर, विद्यालय बन्द भए पनि अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिइएको जोशीले बताए । कोरोना संक्रमण जिल्लामा फैलिँदै गएको भन्दै कुश्मा नगरपालिकाले बिहीवारदेखि अत्यावश्यक बाहेक कार्यालयको सेवा पनि एक हप्तासम्मका लागि बन्द गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook