• होमपेज
  • जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग
कुश्मा नगरपालिका

जन्म दिनमा विपन्न विद्यार्थीलाई सहयोग

पर्वत/पर्वतको कम्युनिष्ट पार्टीका संस्थापक तोयनाथ चालिसेले आफ्नो ८१ औं जन्म दिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाउनुभएको छ ।

सदरमुकाम कुस्मामा रहेको शिवालय माध्यामिक विद्यालयमा अध्यायनरत १ सय जना विपन्न बालिबालिकाहरुलाई झोला तथा स्टेशनरी सामान वितरण गर्नुभएको हो । शिवालय माविका संस्थापक अध्यक्ष समेत रहेका चालिसेले आँफैले अक्षयकोषको स्थापना गरि बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ ।

विज्ञापन

अक्षयकोषको रकमबाट प्राप्त हुने व्याजमा रकम थप गरि यस वर्ष झोला तथा स्टेशनरी सहयोग गर्नुभएको हो । कार्यक्रममा बोल्दै चालिसेले शिक्षामा सबै वर्गका बालबालिकाको पहुँच स्थापना गराउन टेवा पुग्ने बताउनुभयो । उहाँले शिक्षामा गरेको लगानीले सयौं वर्षसम्म हुने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य ज्ञान बहादुर भण्डारी, कुस्मा नगरपालिका ६ का अध्यक्ष रुद्र गिरी, विद्यालयका भूतपूर्व अध्यक्ष विष्णु नेवार शिक्षक अभिभावक संघका अध्यक्ष नारायण गिरी लगायतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक भुपेन्द्र चापागाई र संचालन राजेन्द्र पहाडीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook