• होमपेज
  • पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
गण्डकी प्रदेश

पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो ।

फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको क्रममा उनको आज विहान ९ बजे मृत्यु भएको हो । उनमा वैशाख २४गते कोरोना पुष्टि भएको थियो ।

विज्ञापन

यस्तै आइतबार नै कुश्मा नगरपालिका वडा न १३ का ४२ बर्षिया पुरुषको पनि पोखरामा कोरोनाकै कारण मृत्यु भएको थियो । उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको थियो । योसंगै पर्वतमा कुल मृत्युको सख्या ११ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook