• होमपेज
  • ०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
Breaking News

०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

विज्ञापन

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।

उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ । स्रोतका अनुशार अध्यक्ष केपी ओली २०७५ जेठ २ गतेको पार्टीकै अवस्थामा फर्कन तयार नभएपछी वार्ता असफल भएको हो । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook